पर्वतमा कांग्रेस उम्मेदवार जोशीको अग्रता कायमै
पर्वत | मंसिर ६, २०७९
पर्वत: पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । पर्वतमा कूल खसेको ६६ हजार दुई सय ७३ मत मध्ये अपराह्न ४ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झण्डै १७ हजार मत गणना भएको छ ।
पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा एमालेका उम्मेदवार पदम गिरीलाई छ सय ९८ मतान्तरले पछि पार्नुभएको छ । जोशीले आठ हजार ४२ मत प्राप्त गर्नुभएको छ भने गिरीले सात हजार तीन सय ४४ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा सदस्य क्षेत्र नं १ तर्फ गठबन्धनतर्फका माओवादी केन्द्रका उम्मेदवार सुदीप कुँवरले सात हजार आठ सय ६४ मत प्राप्त गर्नुभएको छ । एमालेका भक्त कुँवरले सात हजार पाँच सय ९१ मत प्राप्त गरेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं २ तर्फ गठबन्धनका तर्फका कांग्रेस उम्मेदवार ऋषिकेश तिवारीलाई एमालेका उम्मेदवार मित्रलाल बस्यालले एक हजार पाँच सय ५० मतले पछि पार्दै अग्रता कायम गर्नुभएको छ ।
पछिल्लो परिणामअनुसार कांग्रेसका तिवारीले पाँच हजार आठ सय २३ र एमालेका बस्यालले सात हजार तीन सय ७३ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारीअनुसार बुधबार बेलुकासम्म मतगणनाको अन्तिम परिणाम आउन सक्ने छ ।
पोखरा: नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ । यही २७ र २८ पुसका लागि म...
बागलुङ: नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ हुने भएको छ । शाखाले आफ्नो रजत वर्षका अवसरमा पहिलोपटक जिल्लामा मिडिया मेलाको...
गण्डकी: कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्...

